चिसो मौसममा केराउ खानुका ५ फाइदाः हड्डी बलियोदेखि छालाको सुरक्षासम्म

काठमाडौं । केराउ खानमा स्वादिलो हुनुका साथै पौष्टिक तत्वले भरिपुर्ण हुन्छ । केराउमा भिटामिन ए, बि वान, बि सिक्स, सि र के पाईन्छ, त्यसैले यसलाई भिटामिनको पावरहाउस पनि भनिन्छ ।

केराउमा क्यालोरी निकै कम र फाइबर, प्रोटिन र आइरन भरपुर पाईन्छ । चिसो मौसममा केराउ खानुका फाइदा यस्ता छन्ः

तौल कम गर्नमा सहयोगी

केराउमा फाइबर र प्रोटिन भरपुर मात्रामा पाईने भएको कारण यो खाएपछि भोक कम लाग्ने भएको कारण तौल कम गर्नमा सहयोग गर्छ ।

मुटुसम्बन्धी समस्यामा राहत

काराउमा पाईने म्याग्नेसियम, पोटासियम र क्याल्सियमले मुटुलाई बलियो बनाउने काम गर्छ । यसका साथै केराउले रक्तचापको समूयाबाट पनि बचाउछ ।

मधुमेहको विरामीलाई फाइदाजनक

केराउमा पाईने प्रोटिन र फाइबरले रक्तचापलाई बढ्न दिदैन् । केराउमा पाईने भिटामिन बि ए, के र सि ले मधुमेहका समस्यालाई कम गर्छ ।

हड्डी बलियो

हड्डी बलियो बनाउनको लागि भिटामीन के आवश्यक हुन्छ । उमालिएको एक कप केराउमा भिटामिन के ४६ प्रतिशत पाईन्छ । जसले हड्डी बलियो बनाउन सहयोग गर्छ ।

छालाको सुरक्षा

केराउमा पाईने सि कोलेजनको उत्पादनमा महत्वपुर्ण भुमिका खेल्दछ । जसको कारण अनुहार दागरहित र चम्किलो बनाउन सहयोग गर्छ । (एजेन्सीको सहयोग)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here