अलटाइम हाई रेकर्ड नजिक शेयर बजार, नेप्से परिसूचक ६५ अंकले बढ्दा ५ अर्बको कारोबार

काठमाडौं । शेयर बजार अलटाइम हाई रेकर्ड नजिक पुगेको छ । बुधवार एकैदिन नेप्से परिसूचक ६४.७७ अंकले बढेपछि शेयर बजार अलटाइम हाई नजिक पुगेको हो । योसंगै आजको कारोबार १ हजार ८ सय ७४.८८ अंकमा पुगेर रोकिएको छ । शेयर बजारको अलटाइम हाई रेकर्ड १ हजार ८ सय ८१ रहेको छ ।

आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स १२.९६ अंकले बढेर ३ सय ६२.३४ अंकमा पुगेको छ । यो कारोबार मंगलवारको तुलनामा ३.७१ प्रतिशत बढी हो ।

बुधवार कारोबारमा आएका मध्ये होटल बाहेक अन्य सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ७.९३ प्रतिशत बढ्यो । त्यस्तै उत्पादन तथा प्रशोधन समुहको ७.४७ प्रतिशत बढ्यो भने अन्य समुहको पनि राम्रै अंकले बढ्यो ।

आजको कारोबार रकमपनि ५ अर्बभन्दा धेरै रहेको छ । बुधवार १ सय ९६ कम्पनीको १ करोड ४९ लाख ५२ हजार ७ सय ८५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १३ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

आज कारोबारमा आएका मध्ये १ सय ४१ कम्पनीको शेयर मूल्य बढ्यो भने ११ कम्पनीको घट्यो । यसका साथै, २० कम्पनीको मूइमा कुनै परिवर्तन भएन ।

बुधवार सबैभन्दा धेरै विशाल बजार, एनएमबी लघुवित्त र शिवम् सिमेन्ट कम्पनीको शेयर मूल्य बढ्यो । यी तिनै कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले आज ४२ करोड २९ लाखको शेयर कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here