टेस्ला मोटर्सका एलन मस्क बने विश्वकै दोस्रो धनी व्यक्ति

काठमाडौं । टेस्ला मोटर्सका एलन मस्क विश्वकै दोस्रो धनी व्यक्ति बनेका छन् । यसअघि दोश्रो धनाढ्य रहेका बिल गेट्सलाई पछि पार्दै मस्क विश्वकै दोस्रो धनाढ्य बन्न सफल भएका हुन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यम ‘द गार्डियन’ मा छापिएको खबर अनुसार मस्कले अघिल्लो हप्तामात्रै फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई पछि पारेका थिए।

गत जनवरीसम्म ब्लुमबर्ग धनाढ्य सूचीमा ३५ औं स्थानमा रहेका मस्क केही महिनामा नै दोस्रो स्थान कायम गर्न सफल भएका हुन् ।

मस्कको सफलताको पछाडि टेस्लाको सेयर मूल्यमा आएको उछाल प्रमुख रह्यो । टेस्लाको सेयरमूल्य विगत केही हप्तादेखि लगातार उकालो लागिरहेको द गार्डियनमा उल्लेख छ ।

टेस्लाका उत्पादनको बढ्दो लोकप्रियतासँगै सेयर बजारमा आएको उछालका कारण उनको सम्पत्ति १०० अर्ब डलरभन्दा ज्यादा बढेको थियो। ब्लुमबर्ग खर्बपति सूचांकअनुसार अहिले मस्कको सम्पत्ति १२८ अर्ब डलर बराबर छ।

४९ वर्षीय मस्क संसारकै धनी जेफ बेजोफभन्दा एक स्थान पछाडि छन्। जोसेफको हालको सम्पत्ति १८२ अर्ब डलर बराबर छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here