काठमाडौं, १० मंसिर । बन्द प्रशिक्षणअघि गरिएको कोरोना परीक्षणमा नेपाली क्रिकेट टिमका चार जनालाई संक्रमण भेटिएको छ।
बुधबार आएको नतिजा अनुसार कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, ब्याट्सम्यान रोहितकुमार पौडेल र स्टाफ प्रदीप लामालाई कोरोना संक्रमण भएको देखिएको हो।
बिहीबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई बोलाएको थियो। अब कोरोना संक्रमण भएका खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुन पाउने छैनन्।
तीन जना खेलाडीलाई कोरोना पुष्टि भएपछि क्यानले अनिल साह, कुशल भुर्तेल, रित गौतम, कुशल भुर्तेल र लोकेश बमलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ।

























[…] क्रिकेट कप्तान ज्ञानेन्द्र मल्लसहित … […]