चर्चित फुटबल खेलाडी म्याराडोनाको निधन

काठमाडौं । चर्चित फुटबल खेलाडी एवं प्रशिक्षक डियगो म्याराडोना निधन भएको छ। मस्तिष्क घातका कारण ६० वर्षको उमेरमा अर्जेन्टिनाको टिग्रेस्थित आफ्नै घरमा निधन भएको हो ।

म्याराडोनाकै नेतृत्वमा सन् १९८६ को विश्वकप फुटबल प्रतियोगिता अर्जेन्टिनाले जितेको थियो। सन् १९९० को विश्वकप फुटबलमा दोस्रो स्थान प्राप्त गरेको थियो।

उनी विश्वकै महान् खेलाडीको रूपमा चिनिन्थे । उनको जन्म सन् १९६० अक्टोबर ३० मा उनको भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here