शेयर बजारमा ‘अलटाइम हाई’ रेकर्ड, बनायो नयाँ कीर्तिमान

काठमाण्डौ । विहिवार शेयर बजारमा नयाँ कीर्तिमान कायम भएको छ । आज धितोपत्र बजार खुलेको केही समयमै नयाँ कीर्तिमान बनेको हो ।

बजार खुलेको केही मिनेटमा नै परिसूचक १९.९७ अंकले बढ्दै १८९४.९७ विन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गरेको हो। योसँगै यसअघि सन् २०१६ जुलाई २७ (२०७३ साउन १२ गते) मा परिसूचकले कायम गरेको अलटाइम हाई रेकर्ड ब्रेक भएको छ। उक्त दिन परिसूचक १८८१.४५ को विन्दुमा पुगेको थियो। जुन हालसम्मकै उच्च थियो।

अहिले समाचार तयार पार्दाको समयमा परिसूचक २८.८३ अंकले बढेर १९०३.६४ अंकमा पुगेको छ भने कारोबार रकम ५८ करोड ४८ लाख रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here