‘एमसीसीले देशको मुहार छिट्टै फेर्छ, अविलम्ब पास गर्नुपर्छ’ भवानी राणा

काठमाडौं, ११ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) चाँडै नै पास गर्नु पर्ने बताएकी छन् ।

बिहीबार राजधानीमा आयोजना गरिएको महासंघको साधारणसभामा स्वागत मन्तब्य राख्दै राणाले मुलुकको अर्थतन्त्रलाई अगाडि बढाउन एमसीसी छिटो पारित गर्नुपर्ने बताइन् ।

उनले विद्युतको विकासका लागि एमसीसीको भूमिका महत्वपूर्ण हुने भन्दै उनले यसलाई अविलम्ब पास गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन् । ‘एमसीसी परियोजना राष्ट्रिय सहमतिका साथ छिटो संसद्‌बाट पारित गरिनुपर्ने निजी क्षेत्रको धारणा रहेको छ,’ उनले भनिन् ।

एमसीसीको लगानीले विदेशी लगानी थप भित्र्याउन सहयोग गर्ने उनले बताइन् ।

पछिल्लो समय एमसीसी पास हुनु पर्छ र पर्दैन भनेर वहसको विषय पनि बनेको छ । सरकारले एमसीसी पास गर्ने मनसाय बनाए पनि धेरैको अवरोधको कारण एमसीसी हालसम्म पास हुन सकेको छैन ।

उनले कोभिड १९ को प्रभाव न्यूनिकरणका लागि सरकारले ल्याएको राहत तथा विभिन्न प्याकेजहरूको उनले स्वागत गरिन् । कठिन अवस्थामा पनि मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निजी क्षेत्र अहोरात्र खटिइरहेको उनले बताइन् ।

कोभिडले मानवीय क्षतिसहित विश्‍व अर्थतन्त्रलाई नराम्री प्रभाव पारेको र त्यस असर नेपाली अर्थतन्त्रले पनि भोगिरहेको उनले बताइन् । अनौपचारिक क्षेत्रमा काम गर्नेमध्ये एक अर्ब ६० करोड प्रत्यक्ष प्रभावित भएको र उनीहरुको जीवन संकटमा रहेको उनले बताइन् ।

उनले १३ वर्षभन्दा बढी आफूले महासंघमा काम गरेको बताउँदै ५४ औं वर्षको इतिहासमा आफू पहिलोपटक महिला अध्यक्ष भएको बताउँदै उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिन् ।

उनले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्दै अर्थतन्त्र चलायमान बनाउन आफूले भूमिका खेलेको बताइन् । निर्वाचनमा हार जीत स्वभाविक हुने भन्दै उनले संस्थालाई अझै बलियो बनाउन निर्वाचनपछिको परिणामले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

निजी क्षेत्र संकटमा रहेको भन्दै उनले हालको संकट अवस्थामा रहेको अर्थतन्त्रलाई पुन:स्थापित गर्न सरकार, निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन् ।

हालको चुनौतीलाई अवसरको रुपमा लिनुपर्ने भन्दै उनले मौद्रिक नीतिको स्वागत गर्दै पूर्ण कार्यान्वयन गर्न आग्रह गरिने बताइन् । उनले युवा जनशक्तिलाई पूर्ण उपयोग गर्न सक्नुपर्ने भन्दै निजी क्षेत्रलाई सँगै अगाडि लिएर हिँड्न सरकारलाई आग्रह गरिन् ।

उनले वरिष्ठ गोल्छालाई आगामी कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here