किन बढ्छ चिसो मौसममा टनसिल ? यस्ता छन् घरेलु उपचार

काठमाडौं । मुखको भित्री भाग तथा गलाको माथिल्लो सतहमा दुई गाँठा हुन्छन्, जसलाई बोलीचालीको भाषामा टनसिल भनिन्छ । चिसो बढेसंगै टनसिल सुन्निने समस्या पनि धेरै हुन्छ ।

टनसील शरीरको रोग प्रतिरोधात्मक प्रणालीको एक महत्वपूर्ण हिस्सा हो ।टनसिल सुन्निएको अवस्थामा खानपिनमा समस्या हुने मात्र होइन, दुखाईले थुक निल्न पनि कठिन हुने गर्छ ।

घाँटीमा खसखस हुने, खाना, र्याल, रस, थुकसमेत निल्न गाह्रो हुने र बोल्दा कठिनाइ हुने जस्ता लक्षण टनसिलको मुख्य लक्षण हुन् ।

टनसिलको घरेलु उपचार

१. मनतातो पानीमा फिटकिरी मिसाएर उठ्नेबित्तिकै र सुत्नेवेलामा कुल्ला गर्ने ।
२. तुलसी तथा खयरको बोक्रा लशून, असुरो, भृंगराजको चिया नुनसँग दिनको ३–४ पटक पिउने ।
३. खयरको बोक्रा चुस्ने ।
४. बाफ लिने ।
५. घाँटीमा तातो कपडा वा गलबन्दी बाँध्ने ।
६. चुरोट, तमाखु, खैनी जस्ता पदार्थको सेवन नगर्ने ।
७. बासी, दूषित, बेमेल र अप्राकृतिक, चिसो भोजन नखाने ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here