शेयर बजारः नेप्से परिसूचक र कारोबार दुवैमा नयाँ रकेर्ड

काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज नेप्से अंक र कारोबार रकम दुवैमा नयाँ रकेर्ड कायम भएको छ । विहिवार नेप्से परिसूचक १८.४३ अंकले बढेर १ हजार ८ सय ९३.२४ अंकमा गएर रोकियो । यो संख्या आज सबैभन्दा धेरै १ हजार ९ सय २६.९२ अंकसम्म पुगेको थियो ।

विहिवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि २.८५ अंकले बढेर ३ सय ६५.१८ अंकमा पुगेको छ ।

आज कारोबारमा आएका मध्ये बैंकिङ्ग, अन्य, जलविद्युत, सामुहिक लगानी कोष र उत्पादन तथा प्रशोधन समुह बाहेक अन्स सबै समुहको सूचक घट्यो । आज सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । ट्रेडिङको सूचक ५.३३ प्रतिशत घट्यो । त्यस्तै, निजीैवन बिमाको १.६७ प्रतिशत घट्यो ।

विहिवार कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ । यसअघी सबैभन्दा धेरै कारोबार मंसिर ७ गते ६ अर्ब ८७ क्रोड २९ लाख रुपैयाँ रहेकोमा आज २०१ कम्पनीको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार रुपैयाँको कारेबार भयो ।

आज सबैभन्दा धेरै एनएमबी लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, पाँचथर पावरको ९.९५ प्रतिशत, हिमालयन उर्जा विकास समुहको ९.७९ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा साल्ट ट्रेडिङको शेयर धनी छन् । ट्रेडिङको शेयर मूल्य ६.१८ प्रतिशत घट्यो । आज कारोबारमा आएका मध्ये ४८ कम्पनीको शेयर मूल्य बढ्यो भने ११७ कम्पनीको बढ्यो । यसका साथै, ७ कम्पनीको भने कुनै परिवर्तन भएन् ।

विहिवार सबैभन्दा धेरै कारोबार नेपाल पुनरबिमा कम्पनीले गर्यो । कम्पनीले ५८ करोड १७ लाख १३ हजार रुपैयाँको शेयर कारोबार गर्यो । त्यस्तै, नबिल बैंकले ३८ करोड ३४ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here