वार्षिकोत्सवको अवसरमा सिभिल बैंकले रोजगारी गुमाएकालाई १० छाक खाना खुवाउने

काठमाडौं । सिभिल बैंक स्थापनाको १० औं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ। बैंकले १० औं वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्य गर्ने भएको छ ।

बैंकले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा ‘हाम्रो टिम नेपाल’सँग सहकार्य गरी कोरोना महामारीको कारण रोजगारी गुमाएर थापाथलीमा बसेकाहरूलाई १० छाक खाना खुवाउने भएको छ।

साथै, बैंकले मातातिर्थ बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुका लागि ३ महिनालाई पुग्ने चामल दिएको छ। कार्यक्रममा कोरोना संक्रमण भएका कर्मचारीले कोरोना संक्रमणको उपचारमा आवश्यक पर्ने प्लाज्मादान दिने प्रतिबद्धता दिएका छन्।