थप १६१४ जनामा कोरोना पुष्टि, १४३७ जना संक्रमणमुक्त

काठमाडौं, ११ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९४९१ जनाको परीक्षण हुँदा १६१४ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख २७ हजार ६४० रहेको छ । थप १४३७ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये दुई लाख ९ हजार ४३५ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।

पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १४१२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here