आजपनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य घट्ने क्रम शुक्रवार पनि जारी नै रह्यो । आज छापावाल सु्नको मूल्य प्रतितोला २०० रुपेयाँ घट्यो ।

विहिवार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० रुपैयाँ घट्दै प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

शुक्रवार तेजावी सुनको मूल्य पनि प्रतितोला २०० रुपैयाँ नै घट्यो । आज तेजावी सुनको कारोबार मूल्य ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ घट्यो । शुक्रवार चाँदीको कारोबार मूल्य प्रतितोला ११ सय ६५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here