अष्ट्रेलिया भर्सेस भारतः भारतलाई जितको लागि ३७५ रनको लक्ष्य

काठमाडौं । पहिलो एक दिवसीय क्रिकेटमा अष्ट्रेलियाले भारतलाई ३७५ रनको लक्ष्य दिएको छ । अष्ट्रेलियाको घरेलु मैदानमा भएको खेलमा टस जितेर व्याटिङ रोजेको अष्ट्रेलियाले कुल ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा ३ सय ७४ रन बनायो ।

भारतलाई ३७५ को लक्ष्य दिने क्रममा कप्तान फिन्च र स्मिथले सतकिए योगदान दिए । १२४ बलमा ११४ रन बनाएका फिन्च एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाको लागि छोटो समयमा ५,००० रन बनाउने दोस्रो खेलाडी समेत बने ।

जम्मा ६६ बलको समना गरेका स्मिथले १०५ रनको योगदान गरे । साथै, वार्नरले ६९, क्याक्सवेलले ४५ रनको गोगदान दिए ।

बलिङतर्फ भारतका मोहम्द शामीले ३ विकेट लिए । १० ओभर बलिङ गरेका शामीले ५९ रन खर्चिएर ३ विकेट लिएका हुन् । साथै, बुम्रराह, शैनी र चाहलले समान १(१ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here