युनाईटेड इदी–मर्दीको आईपीओ बाँडफाँड हुँदै

काठमाडौं, १४ मंसिर । युनाईटेड इदी-मर्दी एण्ड आर बि हाईड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ) आइतबार बाँडफाँड हुने भएको छ ।

उक्त सेयरको बाँडफाँड आइतबार दिन दिउँसो ४ बजे हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमलमा हुन लागेको हो ।

कम्पनीले गत मंसिर ३ गतेदेखि मंसिर ७ गतेसम्म ८ लाख ७३ हजार ९१० कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमा कम्पनीले माग गरेको भन्दा बढी आवेदन परेको थियो ।

आईपीओ ५ लाख ४१ हजार २ सय ६३ जना आवेदकले ९४ करोड ९८ लाख ४० हजार रुपैयाँ बराबरको ९४ लाख ९८ हजार ४ सय कित्ताका लागि आवेदन दिएका थिए । यो आवेदन सर्वसाधरणबाट माग गरिएको भन्दा ११.६८ गुणा बढी हो ।

कम्पनीले ८ लाख ७३ हजार ९ सय १० कित्ता आईप्ओि निष्कासन गरेको हो । जसमध्ये ४३ हजार ६९६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरिएको थियो ।

धितोपत्र नियमावली अनुसार सबै आवेदकलाई समानुपातिक न्यूनतम १० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ ।

सो अनुसार सबै आवेदकलाई सेयर बाँड्न नपुग्ने भएकाले भाग्यमानी ८१ हजार २७३ जनाले मात्र गोलाप्रथाबाट १० कित्ता पाउने छन् ।

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाका स्थानीयलाई ४ लाख २० हजार कित्ता आइपीओ जारी गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here