सुनको मूल्य घट्ने क्रम जारी, आज प्रतितोला ६०० रुपैयाँ घट्यो

काठमाडौं । सुनको मूल्य घट्ने क्रम आइतवार पनि जारी नै रह्यो । आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घट्यो ।

अघिल्लो दिन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ६०० रुपैयाँ घट्दै प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आइतवार तेजावी सुनको मूल्य पनि प्रतितोला ६०० रुपैयाँ नै घट्यो । आज तेजावी सुनको कारोबार मूल्य ९० हजार २०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ घट्यो । आइतवार चाँदीको कारोबार मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here