देवघाटकी माया गुरुङलाई ७३ वर्षमा नागरिकता

काठमाडौं । तनहुँको देवघाट गाउँपालिका–३ निवासी माया गुरुङले ७३ वर्षको उमेरमा पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्य र देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले शनिवार घरमै पुगेर उनलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

परिवारका कोही पनि सदस्य नभएका कारण एक्लै बस्दै आएकी गुरुङले नागरिकता नपाएको जानकारी पाएपछि आवश्यक कागजात जुटाएर नागरिकता प्रदान गरिएको हो ।

नागरिकताको प्रमाणपत्र नहुँदा गुरुङले हालसम्म ज्येष्ठ नागरिक सुरक्षा भत्ता पाएकी थिईनन् । नागरिकता बनेसंगै ज्येष्ठ नागरिक सुरक्षा भत्ताका लागि आवश्यक प्रक्रिया शुरु गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here