सेयर बजारमा उछालः दुई घण्टामै पाँच अर्ब माथिको कारोबार

काठमाडौं, १४ मंसिर । सेयर कारोबारमा उछाल आएको छ । कारोबार खुल्ने वित्तिकै दोहोरो अंकले बढेको बजार दुई घण्टामै पाँच अर्ब माथिको सेयर कारोबार भइसेको छ ।

आइतबार दिउँसो १ बजेर १५ मिनेट जाँदा कूल ५ अर्ब ३५ करोड ५४ लाख २५ हजार ९६८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो अवधिसम्म कुल १९२ कम्पनीको १ करोड ३९ लाख २७ हजार ३ सय ३८ कित्ता सेयर किनबेच भइसकेको छ ।

यसअवधिसम्म परिसूचक ६७.८ अंकले बढेर १९६०.३३ अंकमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here