माेटरसाइकल र स्कुटरकाे पछाडि बस्नेले अनिवार्य हेल्मेट लगाउनुपर्ने

काठमाडाैं, ५ जेठ । पछिल्ला समय दुई पाङ्ग्रे सवारीसाधनको दुर्घटनामा पछाडि बस्ने यात्रुहरू धेरै असुरक्षित भएकाे भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले अनिवार्य रुपमा हेलमेट लगाउनुपर्ने नियम ल्याउन लागेको छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त पन्तका अनुसार धेरैजसो दुर्घटनामा पछाडि बसेका यात्रुको टाउकोमा चोट लागेर ज्यानै जाने वा गम्भिर घाइते हुने गरेको पाइएकाले यस्तो नियम ल्याउन लागिएको हो ।

‘सरकारले ल्याउन लागेको नयाँ यातायात व्यवस्था ऐनमा उक्त नियम प्रस्ताव गरीएको छ, ऐन पास भएपछि ६ महिनाभित्र उक्त नियम कार्यान्वयनमा आँउछ,’ पन्तले भने।

ट्राफिक प्रहरीले हेल्मेट पनि सामान्य खालको नभइ आइएसओ स्ट्याण्डर्डको लगाउनुपर्ने बताएको छ ।

त्यस्तै, ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरीवाना अनलाइन पेमेन्ट सिस्टमबाट भुक्तानी गर्ने व्यवस्था पनि मिलाउन लागेको जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here