शेयर बजारमा नयाँ रेकर्ड, नेप्से १९६८.२७ अंकमा पुग्दा ९ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से अंक र कारोबार रकम दुवैमा नयाँ रकेर्ड कायम भएको छ ।

आइतबार नेप्से परिसूचक ७५ दशमलव ०२ बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंक भन्दा माथि परिसूचक पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा ३.९६ प्रतिशत बढी हो ।

आइतवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि १८.७६ अंकले बढेर ३ सय ८३.९३ अंकमा पुगेको छ ।

आज कारोबारमा आएका मध्ये ट्रेडिङ, होटल, निर्जीवन बिमा, र उत्पादन तथा प्रशोधन बाहेक अन्य सबै समुहको सूचब बढ्यो । आज सबैभन्दा धेरै विकास बैंक समुहको सूचक बढ्यो । विकास बैंकको सूचक ८.११ प्रतिशत बढ्यो । त्यस्तै, बैकिङ्ग समुहको सूचक ७.८१ प्रतिशत बढ्यो ।

आइतवार कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ । यसअघी सबैभन्दा धेरै गत विहिवार ७ अर्ब ६१ करोड ३० लाख ३० हजार रुपैयाँको कारेबार भएकोमा आज त्यो रेकर्ड तोड्दै आज २०० कम्पनीको २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

आज सबैभन्दा धेरै ग्रीन विकास बैंक, सेन्चुरी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका शेयर धनीले कमाए । यी तिनैको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा विशाल बजार कम्पनीका शेयर भनी छन् । विशाल बजारको शेयर मूल्य १० प्रतिशत घट्यो ।

विहिवार सबैभन्दा धेरै कारोबार नेपाल पुनरबिमा कम्पनीले गर्यो । कम्पनीले ५१ करोड ७९ लाख ९१ हजार रुपैयाँको शेयर कारोबार गर्यो । त्यस्तै, कुमारी बैंकले ४० करोड ८० लाखको कारोबार गर्यो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here