लामो आयु बाँच्न चाहनुहुन्छ ? छिटो हिँड्नुहोस्

काठमाडौं । हरेक मानिसले आफ्नो आयु लामो होस् भन्ने चाहन्छन् । आफ्नो जीवन लामो र स्वस्थ बनाउनको लागि मानिसहरुले आफ्नो जीवनशैलीमा धेरै ध्यान दिने गर्छन् ।

स्वस्थ रहनको लागि धेरैले विभिन्न प्रकारका एक्सरसाइज गर्ने र स्वस्थ खानपानमा ध्यान दिने गर्छन् ।

तर, हालसालै गरिएको एक अध्ययनका अनुसार छिटो हिँड्ने बानीले पनि हाम्रो आयु लम्ब्याउन सक्छ ।

नेशनल इन्टिच्युट अफ हेल्थ रिर्सचले गरेको एक अध्ययनअनुसार उक्त तथ्य अगाडि आएको हो । बेलायतको लेस्टर बायोमेडिकल रिर्सच सेन्टरमा भएको उक्त अनुसन्धानमा ४७ लाख भन्दा धेरै मानिसहरुको तथ्याङ्क प्रयोग भएको थियो ।

अध्ययनको निष्कर्ष अनुसार हाम्रो हिँडाईको सिधा असर हाम्रो आयुमा पर्दछ । अध्ययनले विस्तारै हिँड्ने कम तौल भएका मानिसहरुको जीवन छोटो हुने पनि बताएको छ ।

अध्ययनमा संलग्न शोधकर्ताका अनुसार धेरै तौल भएका मानिसहरुको तुलनामा शारीरिक रुपमा फिट रहेका मानिसहरु धेरै उमेरसँग बाँच्ने गर्दछन् ।

अध्ययनमा संलग्न एक शोधकर्ताले भने, ‘हाम्रो अनुसन्धानको रिर्पोटले धेरै मानिसहरुलाई शारीरिक रुपमा फिट रहन प्रोत्साहित गर्दछ ।’

अध्ययनको नतिजाले ढिलो हिड्ने मानिसहरुलाई छिटो हिड्ने मानिसको तुलनामा मुटु सम्बन्धि समस्याहरुको जोखिम बढी हुने पनि बताएको छ ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here