माउन्टेन इनर्जीको आइपीओ बुधबार बाँडफाँड हुने

काठमाडौं, १४ मंसिर । माउन्टेन इनर्जी नेपाल कम्पनीको प्राथमिक साधरण सेयर बुधबार बाँडफाँड हुने भएको छ।

विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टका आइतबार आइपीओको प्रि-अलोटमेन्ट सम्पन्न भएको छ । प्रि-अलोटमेन्ट भएको ३ दिन भित्र आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ। सो अनुसार कम्पनीको आइपीओ यही बुधबार बाँडफाँड हुने विक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले कात्तिक २६ गतेदेखि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्काशन गरेको थियो ।

निष्काशित कुल सेयर मध्ये २ प्रतिशत (३९ हजार ३६१ कित्ता) कर्मचारीलाई र ५ प्रतिशत (९८ हजार ४०१ कित्ता) सामूहिक लगानी कोषहरुका छुट्याइएको छ भने बाँकी १८ लाख ३० हजार २६५ कित्ताका लागि सर्वसाधरणले आवेदन दिएका छन् ।

यसमध्ये गोलाप्रथाबाट भाग्यमानी १ लाख ८३ हजार २६ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् ।

धितोपत्र बाँडफाँड निर्देशिका अनुसार कम्पनीले बिक्रीमा ल्याएको आइपीओ १ लाख ८३ हजार जना आवेदकले मात्र १० कित्ताको दरले सेयर पाउने छन्।

यसअनुसार हालसम्मको तथ्याँक अनुसार आइपीओमा आवेदन गर्ने बाँकी ४ लाख ९१ हजार जना आवेदकको भने हात खाली हुने भएको छ। यो कुल आवेदकको ७२ प्रतिशत हो।

यस अघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो।

आइपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here