कारोबार खुल्ने वित्तिकै सेयर बजारमा उछाल, परिसूचक पहिलोपटक दुईहजार विन्दु पार

काठमाडौं, १५ मंसिर । सेयर कारोबारमा उछाल आएको छ । सोमबार कारोबार खुल्ने वित्तिकै दोहोरो अंकले बढेको नेप्से परिसूचकले दुईहजार अंकको बिन्दु पार गरेको छ ।

साताको पहिलो दिन आइतबार ७५ अंक माथिले बढेको नेप्से आज दोस्रो दिन प्रि ओपन सेसनमा नै ३४.२० अंकले वृद्धि हुँदा बजार परिसूचक नेप्से दुईहजार अंकमा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म सेयर बजारमा ७० करोड ३९ लाख ६ हजार ५२१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो अवधिसम्म कुल १५१ कम्पनीको १८ लाख ४२ हजार ५ सय ४२ कित्ता सेयर किनबेच भइसकेको छ ।

हिजो नेप्से परिसूचक ७५ अंकले बढेर १९६८ माथि पुगेको थियो । नेप्सेको यो हालसम्मकै सर्वाधिक उचाईको कीर्तिमान थियो । गत बिहीबार नेप्सेले चार वर्षअघिको अलटाइम हाईको रेकर्डलाई ब्रेक गरी आफ्नो बुलिस प्रवृति पुष्टि गरेको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here