८८.५५ प्रतिशत सेयर कारोबार अनलाइनमार्फत, १ लाख ८९ हजारले लिए ‘युजरनेम’ र ‘पासवर्ड’

काठमाडौं, १५ मंसिर । सेयर अनलाइन कारोबार व्यवस्थित बन्दै गएको छ । कोरोना त्रासको कारण लकडाउन र निषेधाज्ञापछि अनलाइन कारोबारमा व्यवसायीको आकर्षण देखिएको हो ।

त्यसपछि धितोपत्र दोस्रो बजारमा अनलाइन प्रणालीबाट सेयर खरिदबिक्री गर्नेको संख्या ह्वात्तै बढेको छ।

कोरोनाको त्रासले बन्दभएको ५० औ दिनमा खुलेपछि सेयर कारोबारमा आनलाईन मार्फत उत्साहजनक सहभागिता देखिदैं आएको छ । पछिल्लो समय सेयर बजारमा रेकर्डै रेकर्ड कायम हुँदै आएको छ ।

गत बिहीबार नेप्सेले चार वर्षअघिको अलटाइम हाईको रेकर्डलाई ब्रेक गरी आफ्नो बुलिस प्रवृति पुष्टि गरेको थियो । आइतबार सेयर बजारमा नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम भएको थियो ।

नेपाल स्टक एक्सचेन्जले एक सूचना प्रकाशित गर्दै आइतबार कुल सेयर कारोबार भएकोमध्ये अनलाइन प्रणालीबाटै ८८.५५ प्रतिशत भएको जनाएको छ।

आइतबार ३५ हजार ३१७ लगानीकर्ता सेयर खरिदबिक्रीमा सहभागी भएका थिए। जसअनुसार ३१ हजार २७३ जनाभन्दा बढी लगानीकर्ताले अनलाइनमार्फत कारोबार गरेका थिए।

त्यसैदिन सेयर बजारले कारोबार रकममा पनि कीर्तिमान बनाएको थियो । एकैदिनमा इतिहासकै सर्वाधिक सवा ९ अर्बको कारोबार हुँदै नयाँ रेकर्ड बनाएको हो ।

यसअघि गतहप्ता साढे ७ करोडको कारोबार हुँदै इतिहासकै धेरै कारोबारको रेकर्ड बनाएको थियो ।कारोबार रकमलाई आधारमान्दा औसतमा प्रतिमिनेट ३ करोड ८४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको देखिन्छ ।

यस्तै, आइतबार बजारले कारोबार संख्यामा पनि नयाँ रेकर्ड बनाएको थियो । एकैदिन इतिहासकै धेरै २ करोड ६० लाख कित्ता सेयर कारोबार भएको थियो ।

नेप्सेका अनुसार सो दिनसम्म अनलाइन कारोबार गर्नका लागि १ लाख ८९ हजारबढी लगानीकर्ताले युजरनेम तथा पासवर्ड लिएका छन् ।

सम्बन्धित समाचार

कारोबार खुल्ने वित्तिकै सेयर बजारमा उछाल, परिसूचक पहिलोपटक दुईहजार विन्दु पार

शेयर बजारमा नयाँ रेकर्ड, नेप्से १९६८.२७ अंकमा पुग्दा ९ अर्बभन्दा बढीको कारोबार

सेयर बजारमा उछालः दुई घण्टामै पाँच अर्ब माथिको कारोबार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here