सुनको मूल्य सस्तिने क्रम जारी, तोलाको ९० हजारमा झर्‍यो

काठमाडौं, १५ मंसिर । सुनको भाउ निरन्तर ओरालो लागेको छ ।

अघिल्लो दिनको तुलनामा सोमबार सुन तोलको ७ सय रुपैयाँ घटेर कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघको अनुसार सोमबार छापावाल सुनको भाउ ९० हजार र तेजाबी सुनको भाउ ८९ हजार ५५० रुपैयाँ तोकिएको छ ।

तेजावी सुनको भाउ अघिल्लो दिनको तुलनामा ६५० रुपैयाँले सस्तो भएको हो । छापावाल सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९० हजार ७ सय कायम थियो । यस्तै चाँदीको प्रतितोला भाउ सोमबारको तुलनामा प्रतितोला ३० रुपैयाँले घटेको पनि महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here