एटीएममा अनिवार्य रूपमा नेपाली भाषा हुनुपर्ने

काठमाडाैं, ५ जेठ । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई एटीएममा अनिवार्य रूपमा नेपाली भाषामा काराेबार गर्न सकिने व्यवस्था मिलाउन निर्देशन दिएकाे छ ।

बैंककाे भुक्तानी प्रणाली विभागले आइतबार एक सूचना प्रकाशित गर्दै ३० दिनभित्र यस्ताे व्यवस्था मिलाउन निर्देशन दिएकाे हाे ।

बैंकले भनेकाे छ,’हाल बैंक तथा वित्तीय संस्थाहरुबाट सञ्चालित केही एटीएममा नेपाली भाषाको
प्रयोग गरी कारोवार गर्न सकिने सुविधा नरहेको सम्बन्धी जनगुनासाहरु प्राप्त भएकोले यो सूचना
प्रकाशित भएको मितिले ३० दिन भित्र त्यस्ता एटीएमहरुमा अनिवार्यरुपमा नेपाली भाषा प्रयोग गरी
कारोवार गर्न सकिने व्यवस्था मिलाएर यस बैंकलाई लिखित जानकारी गराउन याे सूचना प्रकाशित गरिएकाे छ ।’

३० दिन भित्र कुनै बैंक वा वित्तीय संस्थाले एटीएममा नेपाली भाषामा काराेबार गर्न सकिने व्यवस्था मिलाएको नपाईएमा भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३७ उपदफा (२) बमोजिम कारवाही गर्न सक्ने पनि राष्ट्र बैंकले बताएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here