नेप्से अंकमा नयाँ रेकर्ड, नेप्से १९९७.०६ अंकमा पुग्दा ९ अर्बको कारोबार

काठमाडौं । सोमवार शेयर बजारको नेप्से अंकमा नयाँ रकेर्ड कायम भएको छ । सोमवार नेप्से परिसूचक २८ दशमलव ७९ बढेर १ हजार ९ सय ९७ दशमलव ०६ अंकमा परिसूचक पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा १.४६ प्रतिशत बढी हो ।

सोमवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६३ अंकले बढेर ३ सय ८५.५६ अंकमा पुगेको छ ।

आज कारोबारमा आएका मध्ये बैंकिङ्ग, विकास बैंक, फाइनान्स र सामुहिक लगानी कोष बाहेक अन्य सबै समुहको बढ्यो । सोमवार सबैभन्दा धेरै जीवन बिमा समुहको सूचक बढ्यो । जीवन बिमाको सूचक ७.३४ प्रतिशत बढ्यो । त्यस्तै, ट्रेडिङ समुहको सूचक ६.६१ प्रतिशत, जलविद्युत समुहको ५.९३ प्रतिशत बढ्यो ।

सोमवार १९८ कम्पनीको २ करोड ५१ लाख ९१ हजार ३ सय १९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

आइतबार बैंकिङ क्षेत्रको सेयरमा झुम्मिएका लगानीकर्ता आज जीवन बीमा कम्पनी र जलविद्युत् कम्पनीको सेयरमा डाइभर्ट भएका छन् । यी क्षेत्रका अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ ।

आज करिब आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । युनाइटेड मोदी हाइड्रोपावर, अपर तामाकोशी, ग्रीन डेभलपमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, साञ्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

बढ्दो बजारमा आज पनि विशाल बजार कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले ठ्याक्कै १० प्रतिश गुमाएका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here