‘सेयर बजारमा हल्ला र अनुमानका पछाडि नलागी सजगतापूर्वक लगानी गर्नुहोस्’

काठमाडौं, १५ मंसिर । पछिल्ला दिनहरुमा सेयर बजारमा देखापरेको उछालप्रति नियामक निकायहरुले ध्यानकर्षण भएको जनाउँदै लगानीकर्ताहरुलाई सचेत भएर लगानी गर्न आग्रह गरेका छन् ।

नेपाल धितोपत्र बजारको प्रमुख नियामक धितोपत्र बोर्डले सोमबार एक विज्ञप्ति जारी गर्दे बजारमा लगानीको गतिविधि बढ्दै गएको भन्दै लगानीकर्ताहरुलाई सजगता अपनाउन आग्रह गरेको हो ।

बोर्डले लगानीकर्ताहरुलाई दिनानुदिन बढ्दै गएको बजारमा हल्ला र अनुमानको पछाडि नलागी सजग र सुझबुझ गरेर मात्रै लगानी गर्न भनेको छ ।

मुलुकको अर्थतन्त्रको विकासमा पूँजी बजारको महत्वपूर्ण भूमिका रहने सन्दर्भमा बोर्डले पूँजीबजारको विकास र बिस्तार गर्दै यसको सूक्ष्म रूपमा अनुगमन तथा सुपरिवेक्षण गरिरहेको जनाएको छ ।

बोर्डले धितोपत्रको दोस्रो बजारको स्वरुप र गतिविधिलाई निरन्तर रूपमा अनुगमन गरिरहेको बोर्डले प्रसे विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

यद्यपी लगानीकर्ताहरुले पूँजीबजारका केही स्थापित मूल्य र मान्यताअनुरुप सूचीकृत संगठित संस्थाको वित्तीय अवस्था, ती संस्थाहरुको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतका विवरणहरुको विश्लेषण गरी लगानीसम्बन्धी निर्णय लिनु लगानीकर्ताको हितमा हुने बोर्डको सुझाव छ।

बोर्डबाट गरिएका धितोपत्र बजार विकास तथा सुधारका कार्यहरुबाट धितोपत्रको प्राथमिक बजारमा ८ लाखभन्दा बढी लगानीकर्ता, डिम्याट खाताको संख्या २१ लाख ८० हजार (कुल जनसंख्याको करिव ७.२५ प्रतिशत) रहेको तथा नेप्सेको अनलाइन कारोवार प्रणालीबाट ८५ प्रतिशत भन्दा बढी कारोवार हुने गरेकाले नेपालको धितोपत्र बजारमा पछिल्लो समय लगानीकर्ताको सहभागितामा उल्लेख्य वृद्धि भएको बोर्डले जनाएको छ।

आइतबारमात्रै सेयरबजारमा ९ अर्ब २२ करोडको कीर्तिमानी कारोबार भएको थियो भने नेप्से सूचक ७५ अंकले उकालो लागेको थियो। सोमबार पनि नेप्से २९ अंकले बढेको छ। सोमबार ८ अर्ब ८६ करोडको सेयर किनबेच भएको छ।

बोर्डले पछिल्लो कारोबार अवस्थाबारे जानकार रहेको जनाउँदै सूक्ष्म बजार अनुगमन गरिरहेको जनाएको छ। उसले धितोपत्रको दोस्रो बजारको स्वरुप र गतिविधिलाई निरन्तर रूपमा अनुगमन गरिरहेको जनाएको छ।

नेप्से अंकमा नयाँ रेकर्ड, नेप्से १९९७.०६ अंकमा पुग्दा ९ अर्बको कारोबार

८८.५५ प्रतिशत सेयर कारोबार अनलाइनमार्फत, १ लाख ८९ हजारले लिए ‘युजरनेम’ र ‘पासवर्ड’

कारोबार खुल्ने वित्तिकै सेयर बजारमा उछाल, परिसूचक पहिलोपटक दुईहजार विन्दु पार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here