माउन्टेन इनर्जीको आइपीओ बाँडफाँड बुधबार बिहान १० बजे

काठमाडौं, १६ मंसिर । माउन्टेन इनर्जी नेपाल कम्पनीको प्राथमिक साधरण सेयर बुधबार बाँडफाँड हुने भएको छ।

सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले बिहान १० बजे माउन्टेन इनर्जीकै काठमाडौं डिल्लीबजारस्थित कार्यालयमा एक कार्यक्रमबीच आइपीओ बाँडफाँड गरिने जानकारी दिएको हो। विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टका आइतबार आइपीओको प्रि-अलोटमेन्ट गरेको थियो ।

प्रि-अलोटमेन्ट भएको ३ दिन भित्र आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ। सो अनुसार कम्पनीको आइपीओ बुधबार बाँडफाँड गर्न लागेको हो । कम्पनीले कात्तिक २६ गतेदेखि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्काशन गरेको थियो ।

निष्काशित कुल सेयर मध्ये २ प्रतिशत (३९ हजार ३६१ कित्ता) कर्मचारीलाई र ५ प्रतिशत (९८ हजार ४०१ कित्ता) सामूहिक लगानी कोषहरुका छुट्याइएको छ भने बाँकी १८ लाख ३० हजार २६५ कित्ताका लागि सर्वसाधरणले आवेदन दिएका छन् ।

यसमध्ये गोलाप्रथाबाट भाग्यमानी १ लाख ८३ हजार २६ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् ।

धितोपत्र बाँडफाँड निर्देशिका अनुसार कम्पनीले बिक्रीमा ल्याएको आइपीओ १ लाख ८३ हजार जना आवेदकले मात्र १० कित्ताको दरले सेयर पाउने छन्।

यसअनुसार हालसम्मको तथ्याँक अनुसार आइपीओमा आवेदन गर्ने बाँकी ४ लाख ९१ हजार जना आवेदकको भने हात खाली हुने भएको छ। यो कुल आवेदकको ७२ प्रतिशत हो।

यस अघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो।

आइपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here