माउन्टेन इनर्जीको आइपीओ बाँडफाँड, ४ लाख ६८ हजार आवेदकको हात खाली

काठमाडौं, १७ मंसिर । माउन्टेन इनर्जी नेपाल कम्पनीको प्राथमिक साधरण सेयर बुधबार बाँडफाँड भएको छ ।

सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले बिहान १० बजे माउन्टेन इनर्जीकै काठमाडौं डिल्लीबजारस्थित कार्यालयमा एक कार्यक्रमबीच आइपीओ बाँडफाँड गरेको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टका आइतबार आइपीओको प्रि-अलोटमेन्ट गरेको थियो ।

प्रि-अलोटमेन्ट भएको ३ दिन भित्र आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ। सो अनुसार कम्पनीको आइपीओ बुधबार बाँडफाँड गरेको हो ।

विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टमा आज भएको बाँडफाँट अनुसार भाग्यमानी १ लाख ८३ हजार ८६ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी ४ लाख ६८ हजार ५४९ जनाको हात रित्तो भएको छ ।

कम्पनीको आइपीओमा कुल ६ लाख ५३ हजार २९१ जनाले आवेदन दिएका थिए । त्यसमध्ये १ हजार ७१६ आवेदन रद्द भएको छ ।

कम्पनीले कात्तिक २६ गतेदेखि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्काशन गरेको थियो ।

निष्काशित कुल सेयर मध्ये २ प्रतिशत (३९ हजार ३६१ कित्ता) कर्मचारीलाई र ५ प्रतिशत (९८ हजार ४०१ कित्ता) सामूहिक लगानी कोषहरुका छुट्याइएको छ भने बाँकी १८ लाख ३० हजार २६५ कित्ताका लागि सर्वसाधरणले आवेदन दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here