चन्द्रागिरी हिल्सको आइपीओ खुल्यो

काठमाडौं, १७ मंसिर । चन्द्रागिरी हिल्सले आज कार्यालय समयदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ६८ लाख १ हजार ९०० रुपैयाँ बराबरको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीको आइपीओमा आयोजना प्रभावित काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. ३, ४, ६ र ७ (साविक थानकोट गाविसका सबै वडा र महादेवस्थान गाविसका वडा नं. ३, ४, ५, ६, ७ र ८), मकवानपुरको थाहा नगरपालिका वडा नं. ९ र १० (साविक चित्लाङ गाविसका सबै वडा) र इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ (साविक फाखेल गाविसका सबै वडा) का स्थानीयवासीले आवेदन दिन पाउनेछन् ।

कम्पनीले धितोपत्र बोर्डबाट १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएकोमा पहिलो चरणमा स्थानीयवासीमा आइपीओ जारी गर्न लागेको हो । स्थानीयमा आइपीओ जारी गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधरणमा १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ जारी गर्नेछ ।

इच्छुक लगानीकर्ताले कम्पनीको आइपीओमा पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा पुस १६ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीको आइपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आइपीओमा सर्वसाधरणले विक्री प्रबन्धक ग्लोलबल आइएमई क्यापिटल, धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सदस्यता प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here