शेयर बजार २०७१.०२ बिन्दुमा, ७ अर्ब ४६ करोडको कारोबार

काठमाडौं । बुधवार एकैदिन शेयर बजार ७०.६२ अंकले बढेर २०७१.०२ अंकमा पुगेको छ । यो संख्या मंगलवारको तुलनामा ३.५३ अंकले बढी हो । आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि १२.२५ अंकले बढेर ३ सय ९६.०४ अंकमा पुगेको छ ।

कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार बाहेक सबै समूहको परिसूचक उकालो लागेका छन् । आज जीवन बीमा समूहको सबैभन्दा धेरै ६०८.७३ अंकले बढेको छ भने व्यापार समूह १६.६३ अंकले घटेको छ ।

आज ९ कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत शेयर मूल्य बढ्नेमा सान्जेन जलविद्युत कम्पनी, जनउत्थान लघुवित्त विकास बैंक, एनएमबी लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त विकास बैंक, लक्ष्मी लघुवित्त, निरुडा लघुवित्त, विजय लघुवित्त, हिमालयन डिस्टीलरी र मिथिला लघुवित्त रहेका छन् ।

सबैभन्दा धेरै घट्नेमा यूनिलिभर लिमिटेड रहेको छ । यूनिलिभरको शेयर मूल्य ५.१९ प्रतिशत घट्यो ।

बुधवार २०१ कम्पनीको १ करोड ५५ लाख ६४ हजार ४२७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा नेपाल दुरसञ्चार कम्पनी रहेको छ । कम्पनीले ४० करोड ७ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार गर्यो । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले ३० करोड ६२ लाख रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here