शेयर बजारमा नयाँ रेकर्ड, पुनर्बीमा एक्लैको १ अर्ब ११ करोडको कारोबार

काठमाडौं, १८ मंसिर । शेयर बजारमा बिहिवार पुनर्बीमा कम्पनीले नयाँ रेकर्ड कायम भएको छ । विहिबार कुल ८ अर्बको कारोबार मध्ये यस कम्पनीको मात्रै १ अर्ब ११ करोड बढीको कारोबार भएको हो ।

नेपाली शेयर बजार इतिहासमा कुनै पनि कम्पनीको साधरण सेयर एकै दिनमा १ अर्ब बढीको कारोबार भएको यो पहिलो पटक हो । यसको ६ लाख ३५ हजार ७३२ कित्ता शेयर किनबेच भएको छ । यसभन्दा अघि एउटा कम्पनीले सबैभन्दा धेरै ८८ करोड सम्मको शेयर कारोबार गरेको थियो ।

बिहिवार पुनर्बीमाको शेयर मूल्य भने घट्यो । आज पुनर्बीमाको शेयर मूल्य २३ रुपैयाँले घट्दै प्रतिकित्ता १७३५ रुपैयाँ कायम भएको छ ।

आज नेप्से परिसूचक १५.५७ अंकले घटेर २०५५.४५ अंकमा झर्यो । बिहिवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स ३.७६ अंकले घटेर ३ सय ९२.२९ अंकमा झर्यो ।

बिहिवार सबैभन्दा धेरै अप्पर तामाकोशी हाइड्रोपावरका शेयर धनीले कमाए । हाइड्रोपावरको शेयर मूल्य ९.९५ प्रतिशत बढ्यो । त्यस्तै, नेपाल शिव लघुवित्तको ९.०६ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा विशाल बजार कम्पनीका शेयर धनी छन् । विशाल बजारको शेयर मूल्य ६.९७ प्रतिशत घट्यो । त्यस्तै, साल्ट ट्रेडिङको ६.९४ प्रतिशत घट्यो ।

आज २०० कम्पनीको १ करोड ५८ लाख ८९ हजार ५ सय ६० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २ करोड ६० लाख २३ हजार ७ सय ९८ रुपैयाँको कारोबार भयो ।

घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूलयमा पोजेटिभ सर्किट लागेको छ । एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयर र माथिल्लो तामाकोशीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here