ब्रोकर कमिसन घटाउन शेयर लगानीकर्ताको माग

काठमाडौं, १९ मंसिर । शेयर लगानीकर्ताले ब्रोकर कमिसन नघटाए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपाल धितोपत्र बोर्डसँग लगानीकर्ताले शेयर खरिदरबिक्री गर्दा अधिक कमिसन लाग्‍ने गरेको भन्दै आपत्ति जनाएका हुन्।

पछिल्लो समय एकै दिनमा ८/९ अर्बको कारोबार हुन थालेको तर ब्रोकर कमिशन भने अत्यधिक भएको भन्दै शुक्रबार लगानीकर्ताहरुको समूहले नेपाल धितोपत्र बोर्डलाई दबाब दिने कार्यक्रम रहेको छ ।

हाल ब्रोकर कम्पनीहरूले शेयर खरिदरबिक्री गर्दा ०.६५ प्रतिशतसम्म कमिसन लिँदै आएका छन्।

लगानीकर्ताहरूले त्यसलाई घटाएर ०.२५ प्रतिशत बनाउनु पर्ने भन्दै शेयर बजारको नियामक निकाय बोर्डसँग माग गरेका छन् ।

कमिशन घटाउनका लागि पहिलो चरणमा बोर्डको ध्यानाकर्षण गराउने र त्यसपछि पनि सुनुवाइ नभए आन्दोलनका थप कार्यक्रमहरु अघि बढाउने लगानीकर्ताहरुको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here