मारुती सुजुकी र टोयोटा बीच सहकार्य, बलेनो बन्ने भयो टोयोटा ग्लान्जा

काठमाडौं, ६ जेठ । मारुती सुजुकीको बलेनो कारमा आधारित भएर टोयोटाले ग्लान्जा बजारमा ल्याउने भएको छ ।

टोयोटा मोटर्स र मारुती सुजुकी बीच सहकार्य भएर पहिलो प्रस्तुतीको रुपमा बलेनोको इन्जिन र लुक्समा आधारीत ग्लान्जा बजारमा आउन लागेको हो ।

टोयोटाका अनुसार ग्लान्जा आगामी जुन ६ मा भारतमा लञ्च हुनेछ ।

हालसालै सार्वजनिक कारको फस्र्ट लुक्समा हेर्दा मारुती सुजुकी बलेनो भन्दा अलि फरक देखिएको छ ।

टोयोटा ग्लान्जा भारतीय बजारमा अल्फा र डेल्टा गरी दुई भेरिएन्टमा बिक्री गरिने बताईएको छ । कमपनीले ग्लान्जामा धेरै पाट्र्सहरुको अपडेट गरिएको बताएको छ ।

बलेनोमा केहि विशेषताहरु थपेर टोयोटाले ब्याज इन्जिनीयरीङ गरेको कार भारतको सुजुकी फ्याक्ट्रीमा निर्माण हुनेछ । भारतमा उत्पादन हुने उक्त कारलाई टोयोटाले विश्वभर बेच्नेछ ।

यस कारमा फ्रन्ट ग्रिल, नयाँ फ्रन्ट र नयाँ रियर बम्पर जडान गरिएको छ । बलेनो डिजेल र पेट्रोल दुवै इन्जिनमा पाइन्थ्यो तर, ग्लान्जा भने १.२ लिटरको पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुनेछ ।

टोयोटा र मारुतीबीच व्यापारको लागि पहिलोपटक सन् २०१७ मा सम्झौंता भएको थियो । सम्झौतामा दुबै कम्पनीका केहि मोडलका कार संयुक्त रुपमा निर्माण गरी बिक्री गर्ने सहमति भएको थियो ।

ग्लान्जाको मुल्य कति हुनेछ भनेर अहिल्यै नखुलाइए पनि यो कार बलेनो भन्दा केहि महंगो हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here