एक घण्टामा ६५ अंकले घट्यो नेप्से, पुनर्बीमाको शेयर मूल्य १३४ रुपैयाँ घट्यो

काठमाडौं । आइतवार नियमित बजार खुलेको एक घण्टामै नेप्से ६५ अंकले घटेर १ हजार ९ सय ८९.७९ बिन्दुमा झरेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवार मौद्रिक नीतिको प्रथम समीक्षा मार्फत शेयर कर्जा र व्यक्तिगत कर्जामा कडाई गरेपछि त्यसको सोझो असर नेप्सेमा परेको विश्लेषकहरु बताउछन् ।

सुरुवाति घण्टाको यस अवधिमा १९१ कम्पनीका ४२ लाख ३९ हजार ४८१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६० करोड करोड ७४ लाख रुपैयाँको कारोबार भयो । ,पुनर्बीमाको शेयर मूल्य १३४ रुपैयाँ घट्यो कारोबारमा आएका सबै उपसमुहका सूचक ऋणात्मक बनेका छन् ।

यो अवधिमा नेपाल पुनर्बीमा कम्पनीको शेयर १ सय ३४ रुपैयाँ घटेको छ । अहिले पुनर्बीमाको शेयर मूल्य प्रतिकित्ता १ हजार ६ सय १ रहेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here