नेप्सेमा नेगेटिभ सर्किट, आइतबारको लागि कारोबार बन्द

काठमाडौं, २१ मंसिर । साताको पहिलोदिन आइतबार शेयर बजार परिसूचक नेप्सेमा नेगेटिभ सर्किट लागेर बन्द भएको छ । नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि दिउँसो २ बजेर १३ मिनेट बित्दा कारोबार अवधि नसकिँदै कारोबार स्थगित भएको हो ।

आइतबार नेप्से १२३.३४ अंकले घटेर १९३२.११ अंकमा कायम भएको छ । यसदिन १९७ कम्पनीको ७ अर्ब २० करोड ९१ लाख ८० हजार २१३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१ करोड ५४ लाख ९० हजार ७८ कित्ता सेयर किनबेच भएका छन् । कारोबारमा आएका १२ वटा समूह समूहको परिसूचक ओरालो लागेका छन् ।

आज कारोबार भएका कुल १९७ कम्पनी मध्ये ९ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने बाँकी १८७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको मूल्य स्थिर रहेको छ । आज १८ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढिले घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढिले घटेको छ ।

उप–सूचक अन्र्तगत सबैभन्दा बढि लाइफ इन्स्योरेन्स सेक्टरमा ८.२६ प्रतिशतको गिरावट आएको छ । उत्पादन र माइक्रोफाइनान्स पनि ७ प्रतिशत भन्दा बढिले घटेका छन् । नन लाइफ ५.७४, बैंकिङ ४.३३, विकास बैंक ३.४४, फाइनान्स २.१८, होटल ४, हाइड्रो ५ र म्युचुअल फण्ड १.७८ प्रतिशतले घटेका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here