धनाढ्यबाट ‘कोरोना कर’ उठाएर गरिबमा बाढ्ने अर्जेन्टिनी सरकारको योजना

काठमाडौं । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाको सरकारले देशका धनाढ्यहरुबाट ‘कोरोना कर’ उठाएर गरिबलाई बाढ्ने भएको छ ।

अर्जेन्टिना सरकारले कोरोना महामारी नियन्त्रणका लागि हुने खर्चको भर्पाइ गर्नका लागि धनाढ्यहरुसँग विशेष कर असुल्ने निर्णय गरेको हो । सरकारको यो निर्णयपछि अर्जेन्टिनाका १२ हजार धनाढ्यहरुले भारी मात्रामा कर तिर्नुपर्ने भएको छ ।

कोरोना कर अनुसार २० करोड पेसोभन्दा धेरै सम्पत्ति भएका धनाढ्यहरुले सरकारलाई ३.५ प्रतिशत र विदेशी सम्पत्तिमा ५.२५ प्रतिशत कर तिर्नुपर्नेछ ।

धनाढ्यहरुबाट विशेष करबापत उठ्ने कुल रकमको २० प्रतिशत मेडिकल सप्लाई, २० प्रतिशत साना र मझौला कारोबारी, १५ प्रतिशत सामाजिक विकास, २० प्रतिशत विद्यार्थीको छात्रवृत्ति र २५ प्रतिशत नेचुरल ग्यास भेन्चर्समा लगानी हुने सरकारले बताएको छ ।

अर्जेन्टिनाको कुल जनसंख्या साढे ४ करोड रहेको छ। त्यहाँ हालसम्म १४ लाख मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् भने करिब ४० हजारको ज्यान गइसकेको छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here