नेप्सेमा इतिहासकै ठूलो पहिरो, पुनर्बीमाको शेयरमा बिक्री चाप उच्च

काठमाडौं,२१ मंसिर । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको त्रैमासिक समिक्षाको प्रभाव पुँजीबजारमा परेको छ । बैंकले बिहीबार मौद्रिक नीतिको समिक्षा मार्फत शेयर कर्जामा पुनरावलोकन गरिने भनेसँगै त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा परेको हो ।

धितोपत्र बोर्डले निकालेको विज्ञप्ति र राष्ट्र बैंकले शेयर कर्जामा कडाई गर्ने भन्ने समाचारहरु बाहिर आएसँगै लगानीकर्ताहरु आत्तिन थालेका थिए । आज बिहानै देखि घट्न थालेको सेयर बजार बीचमा केही समय सम्हालिन खोजे पनि अन्ततः १२३ अंक घटेर सर्किट ब्रेक लागेको छ ।

बजार ६ प्रतिशत घटेसँगै आजको लागि नेप्से बन्द भएको छ । एकैदिन यति धेरै अंकले बजार घटेको यो पहिलोपटक हो ।

अप्रत्यासित रुपमा बढि रहेको पुनर्बीमा कम्पनीको शेयरमूल्यमा पनि ऋणात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता १७३ रुपैयाँले घटेर १५६२ रुपैयाँमा झरेको छ। कम्पनीले यसअघि गत बिहीबारको १ अर्ब ११ करोडको रेकर्ड तोड्दै आइतबार १ अर्ब १६ करोड रुपैयाँको शेयर कारोबारमा आएको छ ।

पुनर्बीमा कम्पनीले नै सो रेकर्ड कायम गरेकोमा आइतबार उक्त दिनको रेकर्ड समेत तोडिएर रकम र कित्तामा पनि नयाँ रेकर्ड बनेको हो ।

आइतबार पुनर्बीमाको ७ लाख १४ हजार ६११ कित्ता कारोबारमा आएको छ । गत बिहीबार ६ लाख ३५ हजार ८४५ कित्ता शेयर खरीद बिक्री भएको थियो । बिहीबार १७३५ रुपैयाँमा कारोबार बन्द भएको पुनर्बीमा कम्पनीको शेयर आइतबार १५६२ मा कारोबार बन्द भएको छ ।

आज कारोबार भएका कुल १९७ कम्पनी मध्ये ९ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने बाँकी १८७ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।

एउटा कम्पनीको मूल्य स्थिर रहेको छ । आज १८ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढिले घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढिले घटेको छ ।

आज डिप्रोस डेभलपमेन्ट बैंक १० प्रतिशतले घटेको छ । त्यस्तै, नेपाल रि इन्स्योरेन्स कम्पनी ९.९७ प्रतिशतले घटेको छ भने साञ्जेन जलविधुत कम्पनी पनि ९.९९ प्रतिशतले घटेको छ ।

त्यसैगरि १० प्रतिशतभन्दा बढी गिरावट आउनेमा नेपाल टेलिकम, आइ डेन्सिटी लिपोप्राटिन, शिभम् सिमेन्ट, हिमालयन जनरल इनस्योरेन्स, परवार्ड माइक्रोफाइनान्स, नेशनल लाइफ इनस्योरेन्स रहेका छन् ।

यसैगरि, नेको इनस्योरेन्स, सर्भिस म्यासेज ब्लक, नाडेप लघुवित्त, स्वावलम्बन लघुवित्त, एनएमबी लघुवित्त कम्पनीमा बढी गिरावट आएको छ ।

नेप्सेमा नेगेटिभ सर्किट, आइतबारको लागि कारोबार बन्द

एक घण्टामा ६५ अंकले घट्यो नेप्से, पुनर्बीमाको शेयर मूल्य १३४ रुपैयाँ घट्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here