सुनचाँदीको मूल्य घट्यो, कति छ तोलाको ?

काठमाडौं । सुनको मूल्य घट्ने क्रम सोमवार पनि जारी नै रह्यो । आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँ घट्यो ।

अघिल्लो दिन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १०० रुपैयाँ घट्दै प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सोमवार तेजावी सुनको मूल्य पनि प्रतितोला १०० रुपैयाँ नै घट्यो । आज तेजावी सुनको कारोबार मूल्य ९२ हजार १५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ घट्यो । सोमवार चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here