शेयर बजारमा उछाल, नेप्से ७२ अंकले बढ्दा पुनर्बीमा एक्लैको १ अर्ब ५ करोडको कारोबार

काठमाडौं, २२ मंसिर । साताको पहिलो दिन १२३ अंकले घट्दै कोरोबार बन्द भएको शेयर बजारमा सोमवार भने उछाल देखिएको छ । आज नेप्से परिसूचक ७२.२८ अंकले बढेर २ हजार ४.३९ अंकमा पुगेको छ । यो संख्या आइतवारको तुलनामा ३.३४ प्रतिशत बढी हो ।

आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि १२.१० अंकले बढेर ३ सय ८२.७७ अंका पुगेको छ । यो संख्या आइतवारको तुलनामा ३.२६ अंकमा पुग्यो ।

सोमवार सबैभन्दा धेरै रसुवागढी हाइड्रोपार र नारायणी विकास बैंकका शेयर धनीले कमाए । हाइड्रोपावर र बैंकको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, विशाल बजार कम्पनीको ९.९५ प्रतिशत बढ्यो ।

आज २०६ कम्पनीको १ करोड १९ लाख २० हजार ८ सय १९ कित्ता शेयर किनबेच हुदाँ ६ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीले गर्यो । कम्पनी एक्लैले १ अर्ब ५ करोड ५७ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार गर्यो । त्यस्तै, नेपाल इन्स्योरेन्सले ४७ करोड ५९ लाख रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here