एकैदिन १,५०० रुपैयाँ बढ्यो सुनको मूल्य, कति छ कारोबार मूल्य ?

काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतिलोला १,५०० रुपैयाँ बढेको छ ।

सोमवार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज १,५०० रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

शुक्रबार तेजावी सुनको मूल्य पनि प्रतितोला १५०० रुपैयाँ नै बढेको छ । आज तेजावी सुनको कारोबार मूल्य ९३ हजार ६५० रुपैयाँ कायम भएको छ ।

मंगलवार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ बढ्यो । आज चाँदीको कारोबार मूल्य १२ सय ३५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here