एयरबसले बेच्यो १२ हजार औं एयरक्राफ्ट, ९ वर्षमा ६ हजार जहाज बिक्रि, नेपालमा कति छन् ?

७ जेठ, काठमाडौं । यूरोपको सबैभन्दा ठूलो वायुयान उत्पादन कम्पनी एयरबसले आफ्नो १२ हजार औं उत्पादन बेच्न सफल भएको छ ।

सोमबार अमेरिकी कम्पनी डेल्टा एयरले एयरबसको १२ हजार औं उत्पादन ए२२०—१०० जहाज हस्तान्तरण गर्यो ।

५० वर्षे इतिहासमा कम्पनीले यो गौरव हासिल गरेको हो । अमेरिकाको आफ्नै जहाज उत्पादन कम्पनीलाई प्रतिस्पर्धामा उछिन्दै पछिल्लो सयम एयरबसका उत्पादन त्यहा लोकप्रिय हुँदैछन् । ए२२०—१०० जहाज पनि क्यानडामा एसेम्बल गरिएको कम्पनीले जानकारी दिएको छ ।

एयरबसले आफ्नो पहिलो जहाज सन् १९७४ मा एयर फ्रान्सका लागि हस्तान्तरण गरेको थियो । एयरबसको पहिलो जहाज ए३००बी२ थियो ।

पहिलो एयरक्राफ्ट हस्तान्तरण गरेको ३६ वर्षमा कम्पनीले ६ हजार जहाज उत्पादन गर्यो । अर्थातः सन् २०१० मा एयरबसले ६ हजार औं एयरक्राफ्ट बिक्रि गरेको थियो ।

त्यसपछि थप ६ हजार जहाज बेच्न भने कम्पनीलाई ९ वर्ष पनि लागेन् । सन् २०१० यता थप ६ हजार जहाज बिक्रि भएको कम्पनीले जानकारी दिएको छ ।

एयरबसको सबैभन्दा ठूलो बजार एसिया प्यासिफिक क्षेत्र देखिएको छ । १२ हजार जहाज मध्ये यस क्षेत्रमा मात्र २७ प्रतिशत जहाज बिक्रि भएका छन् । यूरोपमा २२ प्रतिशत जहाज बिक्रि भएको कम्पनीले उल्लेख गरेको छ ।

उत्तर अमेरिकामा १३ प्रतिशत, ल्याटिन अमेरिकामा ५ प्रतिशत, मध्यपूर्वमा ५ प्रतिशत र अफ्रिकामा मात्र २ प्रतिशत जहाज बिक्रि भएको कम्पनीको तथ्यांक छ ।

नेपाल पनि एयरबसको ठूलो बजार हो । नेपालका दूई ठूला वायुसेवा कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससँग एयरबसका ७ जहाज छन् ।

नेपाल एयरलाइन्ससँग दुई वटा ए३२०—२०० र दुई वटा ए३३०—२०० जहाज छन् । हिमालय एयरलाइन्ससँग ए३२०—२०० जहाज तीन वटा छन् । नेपाल एयरलाइन्ससँग एउटा मात्र बोइङ जहाज रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here