शेयर बजारः नेप्से ९ अंकले घट्दा ५ अर्ब ७१ करोडको कारोबार

काठमाडौं । मंगलवार शेयर बजार घटेको छ । आज नेप्से परिसूचक ९.०४ अंकले घटेर १ हजार ९ सय ९५.३५ अंकमा झरेको छ ।

आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । मंगलवार सेन्सेटिभ इन्डेक्स २.५९ अंकले बढेर ३ सय ८०.१८ अंकमा झरेको छ ।

मंगलवार कारोबारमा आएका मध्ये जलविद्युत र सामुहिक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक घट्यो । जलविद्युतको सूचक ४.८१ प्रतिशत बढ्यो भने सामुहिक लगानी कोष समुहको ०.७६ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै घट्नेमा ट्रेडिङ समुह रहेको छ । ट्रेडिङको सूचक ४.०७ प्रतिशत घट्यो । त्यस्तै, उत्पादन तथा प्रशोधन समुहको २.२६ प्रतिशत, फाइनान्स समुहको १.६९ प्रतिशत घट्यो ।

आज २०२ कम्पनीको १ करोड २५ लाख ६६ हजार ९ सय ६१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७१ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै नारायणी विकास बैंकका शेयर धनीले कमाए । नारायणीको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, अपर तामाकोशी जलविद्युतको ९.८० प्रतिशत, रसुवागढी हाइड्रोपावरको ९.७९ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा यूनिलिभर नेपालका शेयर धनी छन् । यूनिलिभरको शेयर मूल्य ६.०२ प्रतिशत घट्यो । त्यस्तै, विशाल बजारको ५.७५ प्रतिशत घट्यो ।

आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीले गर्यो । पुनर्बीमाले ४६ करोड ७६ लाख २३ हजार रुपैयाँको कारोबार गर्यो । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले ३१ करोड २८ लाख ६२ हजार रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here