कामिरिता २४ औं पटक सगरमाथा चुचुरोमा, एकै सिजनमा दुई पटक सफल आरोहण

७ जेठ, काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पाले सगरमाथाको २४ औं सफल आरोहण गरेका छन् । मंगलबार बिहान कामिरिताले २४ पौं सफल पाइला चुचुरोमा राख्न सफल भएको सगरमाथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

उनले सामाजिक संजालमा कामिरितासँगको तस्वीर राख्दै २४ औं सफल आरोहणका लागि बधाईसमेत दिएका छन् । कामिरिता सर्वाधिक पटक सगरमाथा चुचुरो पुग्ने एक मात्र व्यक्ति बनेका छन् ।

श्रेष्ठका अनुसार मौसम खुलेसँगै मंगलबार बिहानबाट आरोहीहरु पुनः चुचुरोतर्फ लाग्ने क्रम शुरु भएको छ । आगामी तीन दिनमा क्रमशः मे २१ मा १ सय २२, मे २२ मा २ सय ९७ र मे २३ मा १ सय ७२ जनाले आरोहण गर्ने गरी तालीका मिलाइएको छ । मे २४ मा पनि सबैभन्दा ठूलो समूहलाई चुचुरो लैजाने तयारी छ ।

बसन्त ऋतुको चालु आरोहण सिजनमा नेपालका ३० चुचुरा चुम्न ८८१ आरोही हिमालमा छन् । ३१ वैशाखमा सगरमाथा, कंचनजंगा, ल्होत्से र मकालु हिमाल आरोहण सहजिकरण गर्न आइसफल डाक्टर र रोप फिक्सिङ टोलीले चुचुरो चुमेसँगै आरोहणले गति लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here