पद सम्हालेको १०० दिनमा १० करोडलाई कोरोनाको खोप दिने बाइडेनको घोषणा

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिनमा १० करोड अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप प्रदान गर्ने लक्ष्य कायम गरेको बताएका छन् ।

उनले आफ्नो कार्यकालका शुरुवाती महिनामा महामारी अन्त्य नहुने तर आफूले त्यसबिचमा कोभिड–१९ को बाटो भने मोड्ने बताए।उनले आफ्ना रणनीतिबारे थप बताएका छैनन्।

२० ज्यानुअरीमा कार्यकाल शुरु गर्दाका लागि उनको साथमा हुने आफ्नो स्वास्थ्य कार्यदललाई परिचय गराउँदै बाइडनले अमेरिकीलाई ‘१०० दिनसम्म मास्क लगाउन’ आग्रह गरे।

मङ्गलबार नै अमेरिकी नियामकले फाइजर/बायोएनटेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ।त्यसले अब उक्त खोप आपत्कालिन प्रयोगका लागि स्वीकृति दिन सकिने बाटो खोलेको छ।

अमेरिकामा खोप के हुँदैछ ?

खाद्य तथा औषधि निकाय एफडीएले सुरक्षाका कारण फाइजर÷बायोएनटेकको खोपलाई स्वीकृति दिन रोक्नुपर्ने कुनै कारण नभेटिएको जनाएको हो।

यूकेमा गतसाता स्वीकृति दिएर धेरै जनामा लगाउन शुरु गरिसकिएको यो खोपबारे अमेरिकाले पहिलोपटक यो तहमा बोलेको हो।औपचारिक निर्णयका लागि एफडीएले बिहीबार एउटा बैठक गर्दैछ।

एफडीएको एउटा प्रकाशनमा सो खोपका परीक्षणका विवरण ‘भरपर्दो’ रहेको उल्लेख गरिएको छ।अमेरिका र यूके दुवै देशलाई उत्पादकहरूले खोपको सुरक्षा र प्रभावकारिताबारेको विशिष्ठ तहका जानकारी उपलब्ध गराइएका थिए।

गतसाता अमेरिकाका शीर्ष सङ्क्रामक रोगविज्ञ डा एन्थोनी फाउचीले यूकेको खोप स्वीकृति दिने प्रक्रियाको आलोचना गरेको देखिएको आफ्नो भनाइका लागि माफी मागेका थिए।

पछि उनले अमेरिकी प्रक्रियाले ‘यूकेको भन्दा बढ्ता समय लिने सत्यता रहेको’ भन्दै आफूले त्यो जसरी स्वीकृत भएर आयो त्यसलाई आफूले खराब नठानेको बताएका थिए।

एफडीएले प्रकाशित गरेको विस्तृत सामग्रीमा उसले उत्पादक कम्पनी फाइजरले भने जत्तिकै ९५ प्रतिशत प्रभावकारी रहेको जनाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here