बिच्छीको बिष बेचेरै करोडपति भएका मोहम्मद हाम्दी, १ ग्रामकै १२ लाख

काठमाडौं । संसारमा अनौठा काम गर्दै पैसा कमाउने मानिसहरुको कमी छैन् । त्यस्तै अनौठो काम गरेर करोडपति बन्ने व्यक्ति हुन् मोहम्मद हाम्दी बोश्ता ।

इजिप्टका २६ वर्षका मोहम्मद हाम्दी बिच्छीको बिष बेचेरै करोडपति भएका छन् ।

के काममा प्रयोग हुन्छ बिष

इजिप्टको मिस्र शहरको मरभुमीमा बिच्छी समात्नको लागि निकै सौखिन राख्ने मोहम्मद हाम्दीले आर्कियोलोजीको पढाई छोडेर बिच्छीको विष निकाल्ने काम गर्दै आएका छन् । उक्त विषको प्रयोग औषधी बनाउनको लागि प्रयोग गरिन्छ ।

मोहम्मद हाम्दीले ‘कायरो वेनोम कम्पनी’ नामको कम्पनी दर्ता गरेर त्यसमा विभिन्न प्रजातिका ८० हजार भन्दा धेरै बिच्छी र विषालु सर्प पालेका छन् ।

बिष बेचेरै करोडपति

हाम्दीको कुल सम्पत्ति अहिले करोडौ रहेको छ । हाम्दीले बिच्छीको एक ग्राम बिष १० हजार अमेरिकी डलर अर्थात १२ लाख नेपाली रुपैयाँमा बिक्री गर्ने गरेका छन् ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here