शेयर बजारमा पहिरो, नेप्से साढे ३९ अंकले घट्दा ४ अर्ब ७४ करोडको कारोबार

काठमाडौं । शेयर बजारको ओरालो लाग्ने क्रम बुधवार पनि जारी नै रह्यो । आज नेप्से परिसूचक ३९.६० अंकले घटेर १ हजार ९ सय ५५.७५ अंकमा झरेको छ । यो संख्या मंगलवारको तुलनामा १.९८ प्रतिशत कम हो ।

बुधवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज सेन्सेटिभ इन्डेक्स ८.४७ अंकले घटेर ३ सय ७१.७१ अंकमा झरेको छ ।

आज कारोबारमा आएका मध्ये जलविद्युत बाहेक अन्य सबै समुहको सूचक घट्यो । जलविद्युतको सूचक १.२५ अंकले बढ्यो । सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक ४.८७ अंकले घट्यो । त्यस्तै, होटल समुहको २.९७ प्रतिशत, अन्य समुहको २.७६ प्रतिशत घट्यो ।

बुधवार कारोबारमा पनि कमी आएको छ । आज २०१ कम्पनीको १ करोड ८ लाख २१ हजार ९ सय ७२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

आज सबैभन्दा धेरै नारायणी विकास बैंकका शेयर धनीले कमाए । बैंकको शेयर मूल्य ९.९२ प्रतिशत बढ्यो । त्यस्तै सान्जेन जलविद्युतको ९.८९ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा अरुण भ्याली हाइड्रोपावरको शेयर धनी छन् अरुण भ्यालीको शेयर मूल्य ५.५६ प्रतिशत घट्यो । त्यस्तै, हिमालयन उर्जा विकासको ५ प्रतिशत घट्यो ।

आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीले गर्यो । पुनर्बीमाले ४२ करोड ४२ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार गर्यो । आज पुनर्बीमाको शेयर मूल्य १ हजार ५ सय ४० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here