शेयर बजारः अपर तामाकोशीको शेयर मूल्य ९.८७ प्रतिशत घट्यो, ४ अर्ब १४ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक ८.२७ अंकले बढेर १ हजार ९ सय ६४.०२ अंकमा पुगेको छ ।

आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो बिहिवार सेन्सेटिभ इन्डेक्स २.३२ अंकले बढेर ३ सय ७४.०२ अंकमा पुगेको छ ।

बिहिवार विकास बैंक र जलविद्युत बाहेक अन्य सबै समुहको सूचक बढ्यो । विकास बैंकको सूचक ०.१८ प्रतिशत घट्यो भने जलविद्युतको ४.१३ प्रतिशत घट्यो ।

आज सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समुहको सूचक बढ्यो । उत्पादन तथा प्रशोधनको सूचक २.६७ प्रतिशत बढ्यो । त्यस्तै, ट्रेडिङ समुहको १.९६ प्रतिशत, जीवन बिमा समुहको ७४ प्रतिशत बढ्यो ।

बिहिवार कारोबारमा पनि कमी आएको छ । आज २ सय ४ कम्पनीको ९८ लाख ८३ हजार १९७ कित्ता शेयर ४ अर्ब १४ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

आज सबैभन्दा धेरै लिबिट्री इनर्जी कम्पनीका शेयर धनीले कमाए । लिबिट्रीको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, नारायणी विकास बैंकको ९.७७ प्रतिशत, हिमालयन डिस्टीलरीको ९.०६ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा अपर ताकाकोशीका शेयर धनी छन् । अपर तामाकोशीको शेयर मूल्य ९.८७ प्रतिशत घट्यो । त्यस्तै, रसुवागढी हाइड्रोपावरको ८.६१ प्रतिशत घट्यो ।

बिहिवार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गर्यो । इन्स्योरेन्सले ३७ करोड ३५ लाख रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here