बूढानिलकण्ठमा इन्भेष्टमेण्ट बैंकको १४ औं एक्सटेन्सन काउन्टर

काठमाडौं, ७ जेठ । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाण्डौंको बूढानिलकण्ठ नगरपालिकामा आफ्नो १४ औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

बूढानिलकण्ठ नगरपालिका वडा नं. ५ स्थित बूढानिलकण्ठ स्कूलको गेट अगाडि खोलिएको काउन्टरले विद्यार्र्थी एवं शिक्षक लगायत स्थानीय जनतालाई सहज वित्तिय सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

काउन्टरको उद्घाटन कार्यक्रममा बंैकका कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे, बूढानिलकण्ठ स्कूलका प्राध्यापक होमनाथ आचार्य, वडा सदस्य लगायत बैंकका कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रख्यात धार्मिक स्थल बूढानिलकण्ठ मन्दिर दर्शन गर्न आउने भतmजनहरुलाई पनि यस काउन्टरबाट सहज पहुँच मिल्ने बैंकले जनाएको छ ।

इन्भेष्टमेन्ट बैंकको हाल काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा रहेको छ ।

त्यस्तै बैंकका ११२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखा रहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here