आईएलओसँग उद्योग वाणिज्य महासंघले माग्यो थप सहयोग

काठमाडौं, ७ जेठ । अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)की सहायक महानिर्देशक एवं एशिया प्रशान्त क्षेत्रिय निर्देशक तोमोको निसिमोतोले मंगलबार नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणास“ग भेट गरेकी छन् ।

सो अवसरमा राणाले निसिमोतोलाई श्रम सम्बन्धमा आएको सुधारले नेपालमा लगानीको वातावरण बनेको जानकारी गराएकी थिइन् । नयां श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको पहल भइरहेको उल्लेख गर्दै राणाले महासंघले श्रम क्षेत्रको सुधारका साथै मुलुकको आर्थिक विकास र रोजगारी सृजना गर्न सरकार र ट्रेड यूनियनसंगको सहकार्य र संवादलाई महत्व दिई काम गरिरहेको बताइन् । साथै, आईएलओ मार्फत थप कार्यक्रम र सहयोगको आग्रह पनि गरिन् ।

उक्त भेटवार्ताका अवसरमा महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्र प्रसाद ढकालले रोजगारदाता परिषदले आइएलओको सहयोगमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना वारे सातवटै प्रदेशमा कार्यक्रम संचालन गरिरहेको र प्रदेशमा श्रम सम्बन्धी थप कार्यक्रम गर्न प्रदेश कार्यालयको क्षमता विकास आवश्यक भएकोले यसतर्फ आइएलओको सहयोगको अपेक्षा गरेको बताएका थिए ।

निसिमोतोले नेपालको श्रम सम्बन्धको स्थिति र आर्थिक एवं सामाजिक विकास तर्फ भईरहेका प्रयास वारे जिज्ञासा राखेकी थिइन् । निजी क्षेत्रले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउन उनले सुझाव दिइन् । साथै, श्रम वजारको आवश्यकता अनुसार व्यवसायिक सीप र ज्ञान भएको जनशक्त्तिको उत्पादनमा जोड दिन पनि उनल सुझाएकी थिइन् ।

भेटवार्तामा आइएलओ नेपाल कार्यालयका देशिय निर्देशक रिचर्ड होवार्ड, महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी, आइएलओका वरिष्ठ कार्यक्रम अधिकृत सलोमोन राजवंशी, राष्ट्रिय कार्यक्रम संयोजक प्रकाश शर्माको पनि उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here